बेलारुसको प्रदर्शन व्यापक र हिंस्रक बन्दै

काठमाडौँ । बेलारुसमा गत अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनाव धाँधलीपूर्ण रहेको भन्दै राजधानी मिनस्कमा जारी प्रदर्शन व्यापक र हिंस्रक हुँदै गए पछि युरोपेली सङ्घले आपतकालिन बैठक बोलाएको छ ।
राष्ट्रपतीय चुनावमा राष्ट्रपति यालिकज्यान्डर लुकासेन्कोले धाँधली गरी ८० प्रतिशत मत प्राप्त गर्नुभएको भन्दै उहाँको राजीनामा र नयाँ मतदानको माग राखी विगत १० दिनदेखि बेलारुसमा प्रदर्शन जारी छ ।
प्रदर्शनकारीलाई समर्थन जनाउँदै युरोपेली सङ्घले मतदानमा अनियमितता गर्ने र प्रदर्शनमा अनावश्यक बल प्रयोग गर्ने बेलारुसी अधिकारीहरू माथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्