यूरोपमा कोरोना भाइरस संक्रमणको दोस्रो चरणको खतरा

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूरोपमा कोरोना भाइरसको संक्रमणको दोस्रो चरण सुरु हुने खतरा अत्याधिक बढेको बताउनु भएको छ ।
स्पेनबाट फर्केका पर्यटकलाई १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियमको बचाउ गर्नु हुँदै प्रधानमन्त्री जोनसनले कोरोनाबाट बच्न चुस्तरुपमा अघि बढ्नुपर्ने र आइपरेको खण्डमा अरु त्यसबाट फर्कनेलाई पनि क्वारेन्टाइन अनिर्वाय गर्न सकिने बताउनुभएको छ ।
यसैबीच, जर्मनीका सार्वजनिक स्वास्थ्य निकायका प्रमुख लोथर विलिरले बढ्दै गरेको संक्रमितको संख्या खतराको संकेत भएको बताउनु भएको छ ।
उहाँले जर्मनी जनताको लापरर्बाहीका कारण जोखिम बढेको बताउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्