फुल कन्ट्याक्ट कराँते : विभिन्न तौल समूहतर्फ ८ जना सेमिफाइनल प्रवेश
मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा महिला तथा पुरुषतर्फका विभिन्न तौल समूह र काता विधाको प्रारम्भिक चरणका खेलहरू सम्पन्न भएका छन् ।

वीरेन्द्रनगरमा जारी खेलमा १२ विधाका ९६ जना खेलाडी क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । क्वाटर फाइनलमा प्रवेश गर्नेमा महिलातर्फ ४० जना छन् भने पुरुषतर्फ विभिन्न तौल समूहका ५६ जना समावेश छन् ।
महिला र पुरुष दुवैतर्फ ४/४ जना कातातर्फ सेमिफाइनलमा प्रवेश गरेको फुल कन्ट्याक्ट कराँतेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले बताए । उनका अनुसार बाँकी खेलहरू जारी छन् ।







प्रतिक्रिया राख्नुहोस्