तपाईँ सुन्दै हुनुहुन्छः

१० औँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ ४ टिम फाइनलमा 

मुगु । कर्णालीमा जारी महिला बास्केटबलतर्फ ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन् । 

शनिबार बिहान भएका खेलमा फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ भएको खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अङ्कले पराजित गरेको छ । यस्तै फूल कोर्टतर्फ सशस्त्र प्रहरी बलको (एफिएफ) क्लबले सुदूरपश्चिमलाई ७४–१२ अङ्कले पराजित गरेको छ । योसँगै त्रिभुवन आर्मी क्लब र एपीएफ फाइनलमा पुगेका छन् । 

शनिबार भएको महिला बास्केटबलतर्फ (३×३) विधाका खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको (एफिएफ) क्लबलाई ११–१० अङ्कले पराजित गरेको छ । यस्तै (३×३) विधाको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अङ्कले पराजित गरेको छ । जसमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी फाइनलमा पुगेका छन् । योसँगै ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन् । यस्तै ४ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन् । 

फूल कोर्ट (५×५) महिला बास्केटबलतर्फ नेपाल पुलिस र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् । यस्तै (३×३) विधाका खेलमा बागमती प्रदेश र सशस्त्र प्रहरी बलको (एफिएफ) क्लब बाहिरिएका हुन् । अब चार वटा टिमले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button