तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता: भारत भ्रमण र समसामयिक विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button