तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानीलगायत वैकल्पिक नाका विस्तारमा चीनसँग समन्वय, भारतसँगको सीमा अनुगमन अघि बढ्दै: परराष्ट्र मन्त्रालय

फाइल तस्बिर

काठमाडौँ । त्रिशूली र भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी व्यापार नाका प्रभावित भएपछि तातोपानी झाङ्मु नाका लगायत विभिन्न स्थानका वैकल्पिक व्यापारिक नाका विकासका लागि नेपाल–चीनबीच समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सीमा व्यवस्थापनका विषयमा छलफल भएको जानकारी दिइयो ।

नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन तथा सीमा स्तम्भको मर्मतसम्भार कार्य अघि बढाउन निर्देशन प्राप्त भइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भएका समझदारी तथा सम्झौता कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल–जापानबीच व्यापार, पर्यटन र ऊर्जा क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा छलफल भएको र नेपाल–फिनल्यान्ड द्विपक्षीय बैठकमा विकासका क्षेत्रमा समन्वय गर्ने समझदारी भएको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button