तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको भारत भ्रमणका सम्झौता कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा भएका सम्झौताहरूको कार्यान्वयन गरिँदै जाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको मिडियाा ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले सम्झौताहरूको कार्यान्वयनमा सम्बन्धित निकायहरूको महत्वपूर्ण जिम्मेवारी रहेपनि प्रधानमन्त्री कार्यालयले त्यसलाई समन्वय गरी छिटो छरितो कार्यान्वयन गराउन दृढ रहेको बताउनुभयो ।

सहसचिव अर्यालले साईबर सुरक्षा, तीन तहको सरकारबीच कामको दोहोरोपना हटाउने, सूचना प्रविधिको नवीन बिकास तथा बिस्तार, सुशासन तथा बिकासतर्फ विशेष योजनाका साथ प्रधानमन्त्री कार्यालय र निकायहरूले कामहरूको सुरुवात गरिसकेको पनि जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहालले प्रधानमन्त्री शाहका भारतको राजकीय भ्रमणका क्रममा भएका सम्झौताहरूको कार्यान्वयन गर्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको र सम्बद्ध निकायहरू कार्यान्वयनका लागि लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button