तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज सन्देश जारी गर्दै उहाँले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।  

महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने उल्लेख गर्दै उहाँले सन्देशमा नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउनुभएको छ । 

मन्त्री बादीले सन्देशमा विद्युतीय माध्यमबाट हुने हिंसा, बालबालिकामाथिको हिंसा तथा सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी र आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आग्रह गर्नुभएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button