तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न

काठमाडौँ । चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न भएको छ । बुधबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा विधिवत् पूजाआजा गरी चलचित्रको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा चलचित्रका कलाकार तथा निर्माण टोलीको उपस्थिति रहेको थियो ।

यस चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम लगायतका कलाकारहरूको अभिनय रहनेछ । दार्जिलिङका चर्चित हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा ‘भक्ते भाइ’ ले यसै चलचित्रमार्फत नेपाली रजतपटमा अभिनय डेब्यु गर्न लागेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button