तपाईँ सुन्दै हुनुहुन्छः

‘आवश्यक ऐन, नियम र कानुन निर्माणमा प्रदेश सरकार क्रियाशील’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले प्रदान गरेको क्षेत्राधिकार भित्र रहेर प्रदेश सरकार आवश्यक ऐन, नियम र कानुन निर्माणमा क्रियाशील रहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन, २०७७ को कार्यान्वयनका सन्दर्भमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा हालसम्म ६३ वटा ऐन निर्माण भएको बताउनुभयो । उहाँले बाँकी कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 

संविधानले व्यवस्था गरेको एकल तथा साझा अधिकारमाथि टेकेर प्रदेश सरकारले कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयनमा जोड दिएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले  तीनै तहका सरकार समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button