प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुदूर पश्चिम साहित्य महोत्सव सञ्चालन हुने
धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुदूर पश्चिम साहित्य महोत्सव सञ्चालन हुने भएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रदेश संयोजक श्रेष्ठ प्रिया पत्थरले साहित्य महोत्सवबारे जानकारी दिनुभएको हो । उहाँले यही मंसिर २६ र २७ गते धनगढीमा साहित्य महोत्सव आयोजना बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको भाषा साहित्य, कला-संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ। दुई दिन सम्म चल्ने साहित्य महोत्सवमा सुदूरपश्चिमको कला संस्कृति, भाषा साहित्य, भूगोल, साहित्यिक इतिहास, सामाजिक तथा साहित्यिक क्षेत्रसँग जोडिएका विविध विषयवस्तुमा गहन परामर्शका लागि कार्यशाला सञ्चालन गरिने छ । यस्तै महोत्सवमा कविता, गजल, देउडा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदेशका नौवटै जिल्लाबाट स्रष्टाहरूको सहभागिता रहने छ ।








प्रतिक्रिया राख्नुहोस्