तपाईँ सुन्दै हुनुहुन्छः

आइतबार भारत भ्रमणमा जानुहुँदै प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मङ्सिर ६ गते आइतबारदेखि मित्र राष्ट्र भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमण गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्री बालेन्द्र शाह मङ्सिर ६ गते नेपाल वायु सेवा निगमको नियमित उड्डानवाट १ः ४५ बजे दिल्लीका लागि प्रस्थान गर्नु हुनेछ भने मङ्सिर ७ गते साँझ ६ : ३० बजे स्वदेश फर्किनुहुने छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार लगायत वरिष्ठ अधिकारीहरूसहित सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले भ्रमण टोलीमा निजी खर्चबाट ५२ सदस्यीय उद्योगी व्यवसायीको टोली पनि सहभागी हुने जानकारी दिनुभयो । 

प्रधानमन्त्री शाहको राजकीय भ्रमणको क्रममा मङ्सिर ७ गते भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता गर्नु हुनेछ । भ्रमणको क्रममा नेपाल भारत बीच स्थापित सम्बन्धलाई थप सुदृढ गर्नुका साथै व्यापार, पारवहन, सम्पर्क विस्तारका साथै आर्थिक सहकार्यमा मद्दत पुग्ने जानकारी सचिव राईले दिनुभयो । 

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको क्रममा केही परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शुभारम्भ गरिने कार्यक्रम रहेको छ । 

भ्रमण दलमा समावेश हुने नेपाली उद्योगी व्यवसायीहरू नेपाल ईण्डिया बिजनेस फोरमको बैठकमा सहभागी हुने र नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विषयमा छलफल हुने परराष्ट्र सचिव राईले जानकारी दिनुभयो । 

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणबाट हुने सहमति र सहकार्यबाट दुवै देशका नागरिकलाई ठोस लाभ पुग्ने विश्वास नेपाल सरकारको रहेको परराष्ट्र सचिव राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button