तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी २२५ रुपैयाँ सस्तियो

काठमाडौँ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button