एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने रौतहटका राहुल यादव सम्मानित
रौतहट । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल रौतहटका क्रिकेट खेलाडी राहुल यादव सम्मानित हुनुभएको छ ।

राहुलको खेल प्रदर्शनको उच्च मूल्याङ्कन गर्दै जिल्ला क्रिकेट संघ र गौर नगरपालिकाले आज संयुक्त रूपमा सम्मान गरेका हुन् । गौर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख शम्भु साहले खेलाडी यादवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा क्रिकेट क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्