द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आउनुभएको छ । उहाँ द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुनुहुने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण हुनुभएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्