राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा शपथ लिनुभएको हो ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्