बागमतीलाई योगमय प्रदेश बनाउन सरकारले कार्यक्रम ल्याउँदै छः मुख्यमन्त्री थापा
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताउनुभएको छ ।
डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो “योग साधना गर्ने पतञ्जलि र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ । यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईँहरू लाग्नुस् । ”
उहाँले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरूमा बिहानको समयमा योग साधना सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्ले लगायतले योग साधनाको महत्व र यसले मानव जीवनलाई स्वस्थ तुल्याउन पुर्याउने योगदानबारे चर्चा गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्