तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी लायन्सले  जनकपुरलाई दियो १५० रनको चुनौती

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तरर्गत आज जारी पहिलो खेलमा  लुम्बिनी लायन्सले जनकपुर बोलट्सलाई जितको लागि १५० रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा  ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए । 

बलिङतर्फ जनकपुरका लागि बिशाल शुस्लिङ र राहुल यादवले समान २/२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button