तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालद्वारा प्रतिपक्षी दलका नेताहरूसँग छलफल

काठमाडौँ । प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेट गरी समसामयिक राजनीतिक तथा संसदीय गतिविधिका विषयमा छलफल गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर कांग्रेस संसदीय दल र प्रतिपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराउनुभयो  ।

सभामुख अर्यालको सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा नेता आङ्देम्बेले प्रतिपक्षी दलहरूको बैठकले प्रेसमाथि भएका घटना, न्यायालय लगायतका विषयमा छलफल गर्न र सहज रूपमा अवतरण गराउन संसदमा छलफल र छानविन आवश्यक रहेको भन्दै संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गरेको विषयमा जानकारी गराउनुभयो । 

यसैगरी, सभामुख अर्यालसँग नेकपा एमालेका संसदीय दलका उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले भेटगरी समसामयिक राजनीतिक तथा संसदीय गतिविधिका विषयमा छलफल गर्नुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button