गाडीको भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन ताप्लेजुङ प्रशासनद्वारा प्रदेश सरकारसमक्ष सिफारिस
ताप्लेजुङ । ताप्लेजुङ प्रशासनले जिल्लाभित्र सञ्चालनमा रहेको गाडीको भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन कोशी प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्लाको नौ स्थानीय तहहरू र सरोकारवाला निकायको छलफल पछि कार्यान्वयनका लागि कोशी प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

निर्धारण गरिएको भाडादरमा फुङलिङदेखि फक्ताङलुङको सिँवा, खेजेनि, सावादिन, इखाबु, तापेथोक, लेलेप र तावासम्मको क्रमशः ४ सय ५०, ७ सय, ६ सय,१ हजार, ९ सय, १२ सय, १५ सय र ७ सय रुपैयाँ भाडादर तोकिएको छ । सदरमुकाम फुङलिङ देखि मेरिङदेनको सान्थाक्रा, लिङतेप, थुकिमा, नाल्बु, थिङ्लाबु, ओख्राबु, चाँगा र पान्दोलुङको पनि भाडादर निर्धारण भएको छ । मेरिङदेनको सबैभन्दा कम भाडादार सान्थाक्र ६ सय निर्धारण गरिएको छ भने सबै भन्दा बढी चाँगा १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यता जिल्लाको फुङलिङदेखि सिरिजङ्गाको तेल्लोकसम्मको भाडादर १२ सय, पेदाङ याङपाङसम्मको १४ सय, सिनाम स्कुल डाँडा र खाम्दिनेसम्मको समान १ हजार, सिकैचा वडा कार्यालयसम्मको ८ सय, पेदाङ राष्ट्रिय माविसम्मको १ हजार २ सय, मामाङ्खे र खेवाङसम्मको समान १५ सय र याम्फुदिनसम्मको २ हजार रुपैयाँ तोकिएको छ ।
मैवाखोलाको तेल्लाबुङसम्मको ६ सय, ठोट्ने र लेकुवासम्मको ७ सय, साँघु र फाकुम्बाको पार्टी डाँडासम्मको समान ८ सय तथा ताम्राङ र फाकुम्बा साङ्लुप्पासम्मको समान ९ सय रुपैयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाथीभरा याङवरक अन्तर्गत नाङखोल्याङसम्मको २५०, थेचम्बु र तिरिङ्गेसम्मको समान ४५०, डुम्रिसे र थुम्बेदिनको समान ८५० तथा चाक्सिबोटेसम्मको ७५० रुपैयाँ भाडादर तोकिएको छ ।
जिल्लाको सिदिङ्वा गाउँपालिकाको कालिखोला मिचिङसम्मको १७ सय, सादेवासम्मको ११ सय, आङखोप र लिम्बूदिनसम्मको समान ८ सय, साब्लाखुको ७ सय, मेहेलेको १ हजार र सुरुम्खिमसम्मको १३ सय रुपैयाँ भाडादर तोकिएको प्रशासनले जनाएको छ ।
फुङलिङदेखि आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङ तथा वडा नं २ फुलवारीसम्मको समान ६ सय, निघुरादिनको ८ सय, चाँगे वडा नं ४ छातेढुङ्गासम्मको ७ सय र चाँगे वडा नं ५ सम्मको ५ सय रुपैयाँ भाडादर तोकिएको छ ।
मिक्वाखोलाको साँवासम्मको ९ सय, खोक्लिङ डाँडागाउँसम्मको ५ सय, लिवाङसम्मको ७ सय, पापुङसम्मको १२ सय र पापुङ सिम्बुकसम्मको १३ सय रुपैयाँ भाडादर तोकिएको प्रशासन कार्यालयले जनाएको छ ।
फुङलिङदेखि काफ्लेपाटीसम्मको ४५०, फावाखोलासम्मको ६ सय, दोभान र हान्द्रुङसम्मको समान २५०, फुरुम्बु मयामसम्मको ४ सय र मित्लुङसम्मको ३ सय रुपैयाँ भाडादर तोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्