तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय विदेश सचिव मिश्री दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदै

काठमाडौँ। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि भोलि बुधबार काठमाडौं आउनुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मिश्रीले विभिन्न द्विपक्षीय छलफलमा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतीय विदेश सचिवको नेपाल भ्रमण हुन लागेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button