हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, दुई घाइतेलाई काठमाडौँ ल्याइयो
विराटनगर । सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।
ल्यान्ड गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते हुनुभएको छ । घाइते दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्