अर्थमन्त्री डा वाग्ले र पर्यावरण मन्त्री चौधरीबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा उहाँहरूबीच जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को तयारीलगायत विषयमा छलफल भएको वन मन्त्रालयले जनाएको छ ।
नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ ।
भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्