चितवनविरुद्ध सुदूरपश्चिमले बलिङ गर्दै
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्सले फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
दुई खेलबाट तीन अङ्क जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यता तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको सुदूरपश्चिम चितवनलाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्