वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ ।
अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो ।
यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
कोरला सडकको सवारी आवागमन तत्काल सञ्चालन गराउने गरी ‘ग्याविन वाल’ लगाएर माटो भरेर सडक सञ्चालन गरिएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्