तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रा.डा. वीणा पौड्याललाई

काठमाडौँ । दण्डपाणि नन्दकुमारी राष्ट्रिय पुरस्कार–२०८३ प्रा.डा.वीणा पौड्याललाई अर्पण गरिने भएको छ। 

मौलिक संस्कृति र कलाको अध्ययनमा पुऱ्याएको योगदानको कदर गर्दै ५० हजार रुपैयाँ राशिको सो पुरस्कार प्रा.डा. पौड्याललाई अर्पण गर्ने निर्णय कार्यसमिति बैठकले गरेको दण्डपाणि अज्र्याल स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालले जानकारी दिनुभयो।

देशको संस्कृति, कला ,दर्शन, इतिहास, भाषा साहित्यलगायत राष्ट्रिय महत्वको विषयमा योगदान पुऱ्याउने प्रतिभालाई केन्द्रले सम्मान गर्दै आएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button