तपाईँ सुन्दै हुनुहुन्छः

जातीय विभेदको आरोपमा जनप्रतिनिधिसहित तीन जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–१४ मा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा जनप्रतिनिधिसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा सदस्य कृष्णहरि काफ्ले तथा कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विक रहेका छन् । कार्यालय सहयोगी गंगा विकले जातकै आधारमा भान्सामा प्रवेश गर्न र चिया तथा खाना पकाउन रोक लगाइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिनुभएको थियो ।

जाहेरीअनुसार गत असोज १२ गतेदेखि १६ दिनसम्म भान्सामा प्रवेश नगर्न र भान्सासम्बन्धी काम नगर्न भनिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button