तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री शाहका प्रेस विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको जानकारी दिनुभएको हो ।

पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री शाह, उहाँको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको दाहालले स्पष्ट पार्नुभएको छ । उहाँले घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button