तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जिप दुर्घटना आठ जना घाइते 

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । शारदा नगरपालिका १ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिका २ टाकुरा गाउँ तर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप दुर्घटना भएको भएको हो । 

शुक्रबार साँझ भएको दुर्घटनामा आठ जना घाइते भएको र घाइतेहरूको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरूको उद्धार गरी सल्यान जिल्ला अस्पताल ,पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको छ । 

​

प्रतिक्रिया राख्नुहोस्

Back to top button