पाथीभरा मन्दिरमा तीन महिनामा २० हजारभन्दा बढी तीर्थयात्रीले गरे दर्शन

ताप्लेजुङ । ताप्लेजुङमा रहेको पाथीभरा÷मुकुम्लुङ मन्दिरमा चालु आर्थिक वर्षकोतीन महिनामा २० हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गरेका छन् ।
चालु आवको साउन महिनादेखि असोज महिनासम्म २० हजार पाँच सय २२ जना तीर्थयात्रीले दर्शन गरेका हुन ।
पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा २४ सय ७९ जना, भदै महिनामा ६१ सय ३६ र असोज महिना २० हजार पाँच सय २२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन ।
तीन महिना तथा आर्थिक वर्षको त्रैमासिकमा कुल ३३ लाख २६ हजार ६ सय ५० रुपैयाँ भेटी सङ्कलन भएको हो । क्षेत्र विकास कार्यालयका अनुसार साउन महिनामा भक्तजनले तीन लाख १८ हजार पाँच सय रकम सङ्कलन गर्दा भदौ महिनामा १३ लाख ६७ हजार भेटी सङ्कलन भएको छ । असोज महिनामा भने १६ लाख ४१ हजार एक सय ५० भेटी सङ्कलन भएको क्षेत्र विकास समितिको भनाई छ ।

यता नवरात्री सुरु भएसँगै पाथीभरा÷मुकुम्लुङमा अधिक मात्रमा तीर्थयात्री आउने गरेकोमा यस वर्ष शुक्रअस्थ तिर्थिका कारण दर्शनार्थीको उपस्थिति न्यून रहेको क्षेत्र विकास समितिले जनाएको छ । असोज २८ देखि शुक्रअस्थको समयमा मंगलिक कार्य गर्नु हुँदैन भन्ने मान्यताका कारण यस वर्ष तीर्थयात्रीको सङ्ख्यामा उल्लेख्य मात्रमा कमी आएको छ ।
विगतका वर्षहरूमा नवरात्री सुरु भएसँगै दैनिक पाँचदेखि ६ हजार बढीले पाथीभरा÷मुकुम्लुङमा दर्शन गरेको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
समुन्द्र सतहदेखि ३ हजार ९ सय ९३ मिटरको उचाइमा रहेको मन्दिरमा प्रत्येक महिनाको अन्तिममा भेटी सङ्कलन तथा तीर्थयात्रीको सङ्ख्या क्षेत्र विकास समितिले सार्वजनिक गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्