तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका–१ चालाङ भीरमा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।

दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्ती गाउँले जनाएको छ।

प्रहरीका अनुसार भण्डारीलाई घर्तीगाउँस्थित स्मृति अस्पतालमा स्वास्थ्य जाँचपछि बिहान साढे ११ बजे मृत घोषणा गरिएको थियो।

गम्भीर घाइते घर्ती मगरलाई थप उपचारका लागि दाङ रिफर गरिएको थियो। तर, दाङ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएपछि शवलाई फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

अटोमा चालकसहित तीन जना सवार थिए दुर्घटनामा संलग्न अटो चालक माडी गाउँपालिका–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा रहेका छन्।

अटो सडकबाट करिब ६ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button