तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार १५० कायम भएको छ । 

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५ कायम भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button