तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२र०८३  को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button