तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्याल स्वदेश फिर्ता

काठमाडौँ । तान्जानियाको अरुशामा आयोजित अन्तर व्यवस्थापिका सङ्घको १५३औँ महासभामा सहभागी भएर  सभामुख डोलप्रसाद अर्याल आज अपराह्न स्वदेश फर्कनुभएको छ । 

यही असोज १९देखि २३ गतेसम्म भएको महासभामा उहाँले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गर्नुभएको थियो ।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेट निर्माणबारे पनि जानकारी लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button