तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी अस्पताल लगायत अन्य अस्पतालहरूमा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका मलेरियाका फोकल पर्सन रत्नप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैबीच डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले  ‘लार्भा नष्ट’ अभियान सञ्चालन गरिने भएको छ । डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न पालिकाका २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताउनुभयो ।

जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत समेत रहनुभएका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने गरी सम्वद्ध सरोकारवालाहरूसँग छलफल गरिएको छ ।

अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलर लगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

विगतमा सञ्चालन गरिएको  ‘खोज र नष्ट गर’ अभियानपछि डेंगु संक्रमण घटेको थियो । त्यही भएर यो वर्ष पनि अभियान चलाउन लागिएको उहाँको भनाइ छ ।

डेंगु सार्ने लामखुट्टे कात्तिक–मङ्सिरसम्म सक्रिय रहने भएकाले यो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button