तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button