तपाईँ सुन्दै हुनुहुन्छः

उच्च शिक्षा सुधारबारे मधेशमा उच्चस्तरीय संवाद

सिमरा। उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे मधेश प्रदेशमा उच्चस्तरीय संवाद कार्यक्रम बाराको सिमरामा सुरु भएको छ ।

युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुदमन्त्रालले आयोजना गरेको संवाद कार्यक्रममा सङ्घीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञ एवं सरोकारवालाहरूको सहभागिता रहेको छ ।

‘उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मधेश प्रदेशमा उच्च शिक्षाको भविष्य’ विषयक दुई दिवसीय उच्चस्तरीय संवाद कार्यक्रममा विषयमा उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे सम्बन्धित विग्यहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । प्रस्तुत कार्यपत्र माथि समूहगत छलफल हुनेछ । उच्चस्तरीय संवाद कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनुहुनेछ ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसी, शिक्षा मन्त्रालयका सचिव चुडामडि पौडेल, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरअट्ठ, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा श्याम नारायण लाभ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बराल सहभागी हुनुहुन्छ ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको  थियो ।

कार्यक्रमको दोस्रो शत्रमा उच्च शिक्षाको परिदृष्यको सन्दर्भमा विशेष गरी मधेश प्रदेशको सन्दर्भलाई केन्द्र विन्दुमा राखेर उच्च शिक्षाको फुटप्रिन्ट प्रस्तुत गरिनेछ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका शिक्षाध्यक्षहरुबाट प्रस्तुति दिइरहनुभएको छ । यस्तै तेस्रो प्रस्तुतिको रुपमा शिक्षा मन्त्रालयले मधेश प्रदेशमा उच्च शिक्षाको क्षेत्रमा कस्तो सोच राखेको छ र उक्त सोच कार्यान्वयनको लागि मधेश प्रदेशका नेतृत्वबाट के कस्ता सहयोग अपेक्षा गरिएको छ भन्नेबारे प्रस्तुती रहनेछ ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा जिल्लागत रूपमा उच्च शिक्षाको सम्भाव्यता, विद्यमान समस्या तथा सुधारका सम्भावनाबारे छलफल हुनेछ । राष्ट्रिय योग्यता प्रारूपअन्तर्गत औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई एकीकृत तथा प्रमाणीकरण गर्ने विषयलाई पनि प्राथमिकताका साथ छलफल गरिने उहाँले बताउनुभयो ।

एक प्रकारको शिक्षाबाट अर्को प्रकारको शिक्षामा रूपान्तरण, शिक्षामा गतिशीलता, क्रेडिट सञ्चय तथा स्थानान्तरण प्रणाली विकास गर्ने विषयसमेत राष्ट्रिय योग्यता प्रारूपको महत्वपूर्ण पक्ष रहेको अधिकारीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयको विधेयकमा समेत यो विषय प्राथमिकतामा रहेको उहाँको भनाइ छ । अनिवार्य आधारभूत शिक्षाको अवसर नपाएका, वैकल्पिक माध्यमबाट शिक्षा हासिल गरेका तथा परम्परागत माध्यमबाट सीप प्राप्त गरेका व्यक्तिलाई समेत राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button