तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गर्नुभएको हो । बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । उक्त शृङ्खला नेपालले शृङ्खला अन्तर्गत नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्ने छ । 

एक दिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त शृङ्खला महत्वपूर्ण छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button