तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button