मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा जीतिया पर्व शुरु

जनकपुरधाम । मिथिलाञ्लसहित तराई मधेशका जिल्लाहरूमा महिलाहरूले पुत्रको दीर्घायूूको कामनासहित मनाइने जीतिया पर्व आजबाट शुरु भएको छ ।
आज रातिसम्म खाना खाने र भोली दिन रात गरेर २४ घण्टासम्म उपवास बस्ने चलन रहेको र यस दिन खरको तीनका पनि भाँच्न नहुने जनविश्वास रहेको छ । जीतिया पर्व गर्नाले पुत्रमाथि आउने जस्तोसुकै सङ्कटबाट पनि मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
यस पर्वको अवसरमा जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा आज बिहानदेखि ब्रति महिलाहरूको अत्यधिक भिड रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्