तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको दाबी गर्नुभयो ।

सभामुख अर्यालले संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्नु सान्दर्भिक नहुने बताउँदै संसद् कमजोर भएको आफूले महसुस नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले संसद्ले आफ्नो मर्यादा र जिम्मेवारीअनुसार काम गरिरहेको बताउनुभयो ।

सभामुख अर्यालले व्यवस्थापिकाका सांसद, नागरिक र पत्रकारलगायत सबैले कार्यपालिकालाई झकझक्याउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी संसद्को अधिवेशन राष्ट्रियसभा र प्रतिनिधिसभाको नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button