धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ ।
धनुषाको छिरेश्वरनाथ नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर छिरेश्वरनाथ नगरपालिका वडा नंं ९ का ३२ बर्षीय श्रवण साह भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
छिमेकीको बिग्रेको विद्युत् ठिक गर्न आफै पोलमा चढेपछि पोलको ८ मिटरमाथि चढ्दा अचानक पोलमा विद्युत् प्रवाह भई करेन्ट लागेर साहको मृत्यु भएको हो । साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच धनुषाको मिथिला नगरपालिका वडा नंं ३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिप्पर पल्टिदा सोही उद्योगका सञ्चालकको मृत्यु भएको छ ।
आज बिहान करिब ७ः०० बजे प्रदेश ०२–००२–००१ ख ०१७१ नम्बरको टिप्परबाट बालुवा खसाल्ने क्रममा एक्कासी टिप्पर पल्टिँदा उद्योग सञ्चालक हरि महतो गम्भीर घाइते महतोलाई हुनु भएको थियो थियो ।
गम्भीर घाइते महतोकोे रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्