राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले प्रतिवेदन पेश गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया राख्नुहोस्