तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा राजदूत श्रीवास्तवलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button