माङसेबुङ गाउँपालिका बासीले देशका तीन अस्पतालमा विशेष छुट पाउने
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले देशका विभिन्न ३ वटा अस्पताल सँग विशेष सम्झौता गर्दै आफ्ना नागरिकलाई उपचारमा छुट प्रदान गर्ने निर्णय गरेको छ । पालिकाले आफ्नो पालिकाका नागरिकलाई सहुलियतमा उपचार दिलाउनका लागि तीन अस्पतालसँग सम्झौता गरेको हो ।

पालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा ५० प्रतिशत, काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा २० प्रतिशत छुट सुविधा पाउने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा काठमाडौँ मेडिकल कलेज अस्पतालको तर्फबाट प्रशासन प्रमुख नारायणप्रसाद दाहाल र नोबेल मेडिकल कलेज टिचिङ अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले अस्पतालको तर्फबाट हस्ताक्षर गर्नुभएको छ भने पालिकाको तर्फबाट अध्यक्ष राई सहितका पदाधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापश्चात् आर्थिक रुपमा कमजोर माङसेबुङबासी नागरिकहरूलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको अध्यक्ष राईले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्