प्रतिनिधिसभामा ६ वटा विधेयक प्रस्तुत
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न ६ वटा विधेयकहरू प्रस्तुत भएका छन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत गर्नुभयो ।
यस्तै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८३ सभामा प्रस्तुत गर्नुभयो ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक २०८३ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक २०८३ प्रस्तुत गर्नुभयो ।
यसैगरी मन्त्री मेहताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३ सभामा प्रस्तुत गर्नुभएको हो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनका लागि यही असोज १४ गते दिउसो २ बजेको समय तोकिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्