शिक्षामन्त्री पोखरेलसँग रुसी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायतका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुस सरकारले पुर्याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रुस इच्छुक रहेको बताउनुभयो । उहाँले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्