करेन्ट लागेर युवकको मृत्यु
बारा । बारामा मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नं.८, बेतौनाका २५ वर्षीय राजु देवान रहेका छन् ।
प्रहरीका अनुसार देवान पचरौता नगरपालिका वडा नं.८, बाझोपट्टीस्थित दुर्गाप्रसाद यादवको घरमा जडान गरिएको मोटरको धाराबाट पानी पिउँदै थिए । सोही क्रममा धारामा विद्युत् प्रवाह हुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका देवानलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्