नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति र प्राथमिकता रहेको बताउनुभएको छ ।
अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले आज न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा उहाँले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी दिनुभयो ।
मन्त्री खनालको निजी सचिवालयका अनुसार नेपाली नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीतिबारे उहाँले विस्तृत रूपमा जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्