पहिरोबाट विद्यालयमा क्षति
बैतडी । बैतडीको मेलौली नगरपालिका–९ स्थित विशालपुर माविको ३ कोठे भवनमा पहिरोले क्षति पुर्याएको छ । आज आइतबार बिहान गएको पहिरोले विद्यालयको ३ कोठे भवनमा पुरिएको हो ।

लगातारको वर्षाका कारण आज बिहान विद्यालयमा पहिरोले क्षति पुर्याएको वडा न ९ का वडा अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । पहिरोका कारण खेलमैदानको आधा भाग र विद्यालयको भवनमा रहेका डेस्क बेन्चमा समेत क्षति पुगेको विद्यालयले जनाएको छ ।
विद्यालयमा पहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गरि आवश्यक क्षतिपूर्ति उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्